आन्दोलनरत शिक्षकलाई बिधार्थीको पत्र

असोज ४

काठमाडौ – शिक्षा विधेयक संसोधनको माग गर्दै देश भरका शिक्षकहरुले माईतीघर मण्डलामा आन्दोलन गरिरहेका छन ।

उनीहरुलाई विध्यार्थीहरुले यस्तो पत्र लेखेका छन।

आदरणीय गुरुगुरुआमा !
हजुरहरु हिजो देखि काठमाण्डौ केन्द्रित आन्दोलनमा सहभागी हुने क्रममा काठमाण्डौ हुनुहुन्छ । हाम्रा विधालयका कोठाहरु बन्द छन् । हजुरहरु हाम्रो गुरुहरु हो , गुरुले कहिल्यै नराम्रो गर्नुहुन्न थाहा छ ।

हजुरहरुले गरेको आन्दोलन हाम्रा लागि पनि हो र सम्पूर्ण शिक्षा क्षेत्रको । शिक्षा जस्तो सबैभन्दा महत्वपूर्ण बिषयमा राज्यले बर्षौ देखि गर्दै रहेको बिभेद तथा नजरअन्दाजको बिरूद्ध र हालै संसदमा पेश भएको शिक्षा बिधेयकका गलत व्यवस्था खारेजीका निम्ति दबाव दिन काठमाण्डौ जानुभएको हो हामीलाई थाह छ।

हाम्रा विधालय बन्द भएका हुन , हाम्रा किताब बन्द भएका छैनन् । हामीले अहिले स्व अध्ययन गरेका छौ । हजुरहरुको आन्दोलन बाट धेरै कुरा सिकेका छौ । यति धेरै अन्याय सहेर पनि खुसी खुसी हामीलाई ज्ञान दिनुभएको छ । यसबाट हामीले धैर्यता सफलताका कडी रहेछ भन्ने बुझेका छौ । यो आन्दोलनले झन गुरु गुरुआमा प्रति श्रद्धा बढेर आएको छ ।

हजुरहरु ले आफ्नो माग पूरा गरेर छिटोभन्दा छिटो फर्कनुहुनेछ
यदि विधार्थीको पढाइ माथि राज्य गम्भीर भएको हो भने मैन झै जलेर हामीलाई ज्ञानको ज्योति छर्ने गुरुहरुको माग सम्बोधन गरेर सकुशल बिधालय फिर्ता गरियोस् ।

हाम्रो भविष्य आफ्नो काधमा बोकेर हिड्ने गुरुहरुको
आफ्नै भविष्य अन्योलमा परेको हेर्न चाहदैनौँ । तसर्थ हजुरहरुले आफ्नो माग पूरा नहुदासम्म हाम्रो पढाइको चिन्ता नलिनुहोला । बिदाका दिनमा छुटेको दिनको पढाइ पूरा गर्ने भन्नुभएकै छ । र अन्त्यमा हाम्रा अभिभावकलाई पनि यो आन्दोलन शिक्षकहरुका लागि मात्रै होइन , सम्पूर्ण शिक्षा क्षेत्रको तसर्थ हजुरहरुले पनि यो आन्दोलनमा साथ दिन अनुरोध गर्दछौ ।
सम्पूर्ण सामुदायिक बिधालयका
विधार्थीहरु