Gold
Bangad salyan

बेलौरी नगरपालिकाका एक वडाध्यक्ष पक्राउ

असोज ८

कैलाली – कञ्चनपुरको बेलौरी नगरपालिकाका एक वडाध्यक्ष पक्राउ परेका छन्।

झाडी सफाइका नाममा अवैध तरिकाले रुख काटेको आरोपमा बेलौरी नगरपालिका-६ का वडाध्यक्ष भोजराज चौधरी पक्राउ परेका हुन।उनलाई भन्सार क्षेत्रमा रुख काटेर तस्करी गरेको आरोप लागेको हो।

वडाध्यक्ष चौधरीलाई आइतबार महेन्द्रनगर क्षेत्रबाट पक्राउ गरेर वनको हिरासतमा राखिएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रसाद कँडेलले बताए। चौधरी नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्।