भुकम्प पीडितहरूलाई सहयोग गर्न रास्वपाका सभापति रबि लामिछानेको टोली बझाङमा
असोज १७
काठमान्डौ – भुकम्प पीडितहरूलाई सहयोग गर्न रास्वपाका सभापति रबि लामिछानेको टोली बझाङ पुगेको छ।
हिजो बझाङमा गएको भुकम्पले १८ जना भन्दा बढी घाइते भएका छन भने तीन दर्जन बढी घरहरु भत्केका छन ।
भुकम्पले गर्दा गएको पहिरोमा परेर बझाङमा एक जना महिलाको ज्यान गएको छ।
यस्तै बेला रास्वपाका सभापति लामिछानेको टिम राहात लिएर बझाङ पुगेको हो भने घाइतेहरुलाई भेटघाट र अवस्था बुझेको हो।
भुकम्पले बझाङ, बाजुरा, बैतडी, डोटीमा पनि क्षती गरेको छ। हिजो गएको भुकम्पले सुदुरपश्चिम र कर्णालीका जिल्लामामा कम्पन ल्याएको थियो।