बनगाड कुपिण्डे नगर पार्टीको नगरप्रमुखलाई १९ बुदे मागपत्र
असोज २१
सल्यान – नेकपा माओवादी केन्द्र बनगाड कुपिण्डे नगर पार्टीको तर्फबाट बनगाड कुपिण्डे नगर सरकारलाई सोमबार १९ बुदे मागहरू पेश गरियकाे छ।
जनसरोकारसंग छलफल गरि नगरबासिका अतिआवश्यक समस्याहरु समेटेर नगरप्रमुख कर्ण बहादुर ( छहारी ) समक्ष बुझाईएको अध्यक्ष दुर्गा बहादुर बुढाले बताए ।
मागहरुमा गुरु योजना सहित विभिन्न नगरपालिका भित्रका स्थानमा सडक स्तरउन्नती , देखि एक बर्ष भित्रमा नगरबस्तीमा विधुतकरण लगायतका माग गरिएको छ।
उक्त मागपत्र बुझ्दै मेयर कर्ण बुढाले नगरबासिका अत्यावश्यक समस्यालाई प्राथमिकतामा राखिने र पूरा गरिने बताए ।
कर्णाली प्रदेशको सल्यान जिल्ला पर्यटन , कृषी , जल जमिन र जनशक्तिले भरिपुर्ण रहेपनि पिछडिएको मानिन्छ।
सल्यान जिल्लाले संघीय सरकार निर्माणमा हरेक पाँच बर्षमा मन्त्री पाउने गरेपनि विकासका योजनामा फड्को मार्न सकेको छैन ।
अहिले पनि सल्यान जिल्लाबाट संघमा भौतिक तथा यातायात मन्त्री प्रकाश ज्वाला छन। तर सल्यान जिल्लाका विभिन्न गाउँ बस्तीमा सडक संजाल पुग्न सकेको छैन भने भएको सडक पनि स्तरउन्नती नहुदा बर्सेनि स्थानीयले अकालमा ज्यान गुमाउने गरेका छन।