Gold
Bangad salyan

भोलि देखि हुने भनिएको गोरखा हरमटारी लोकदोहोरी महोत्सव स्थगित

असोज २२

काठमाडौं – गोरखा सदरमुकामस्थित हरमटारी खेलमैदानमा भोलिबाट हुने भनिएको बृहत लोकदोहोरी महोत्सव स्थगित गरिएको छ।

इजरायल आक्रमणमा परी मृत्यु भएका नेपालीहरुको सम्मानमा सरकारले मंगलवार राष्ट्रिय शोकको घोषणा गरेकाले महोत्सव उद्घाटन कार्यक्रम सारिएको आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति गोरखाले जनाएको छ ।सोमवार प्रेस बिज्ञप्ती जारी गर्दै प्रतिष्ठानले सो कुरा जानकारी गराएको हो ।

महोत्सवको सोमवार गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । तर राष्ट्रिय शोक घोषणाका कारण कार्यक्रम सारिएको प्रतिष्ठानका जिल्ला अध्यक्ष हरेराम परियारले बताए ।

वुधवार उद्घाटन गरेर महोत्सव संचालन गरिने उनले जानकारी दिए । महोत्सवको सबै तयारी पूरा भइसकेको समेत उनले बताए ।