नयाँ बानेश्वरस्थित युवकको शव फेला
आओज २४
काठमाडौं – नयाँ बानेश्वरस्थित बागमती नदी किनारमा एक युवकको शव फेला परेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढंगेलका अनुसार, बुद्धनगर बस्दै आएका २० वर्षीय विमल महरा मृत अवस्थामा भेटिएका हुन् ।
शवसंगै सिरिन्ज पनि फेला परेको हुँदा उनी लागू औषध प्रयोगकर्ता हुन कि भन्ने आशन्का भएको प्रहरीको भनाई छ।
शव पोस्टमापान पछि मात्र घटनाको थाह हुने प्रहरीले जनाएको छ।