मलेसियामा घरबाट खसेका वलीलाई गायक धनराज चुनारा अस्पतालमा पुगे सहयोग लिएर

असोज २५

काठमान्डौ – सपना बोकेर रोजगारीको सिलसिलामा मलेसिया गएका नर बहादुर वलिको दर्दनाक अवस्थामा फर्किनु परेको छ।
बाँसगढी नगरपालिका बर्दिया निवासी बर्ष २८ का उनी दुई महिना पहिले मलेसियामै घरको काम गर्दा पाँच तला माथीबाट खसेका थिए ।

बिरामी वलीको यो अवस्था

घरबाट खस्दा बेहोस अवस्थामा रहेका उनलाई कम्पनीले केही उपचार गरि नेपाल फर्काईएको थियो । हाल उनको काठमान्डौ स्थित ट्रमा सेन्टरमा उपचार गराईरहेका छन।उनको दुवै खुट्टा र हात भाचीएका छन।

आर्थिक अवस्थामा निकै कम्जोर रहेका उनको उपचार गर्ने अवस्था छैन। हाल अहिले उनको उपचारको लागि गायक धनराज चुनारा सहितको टोलि जुटेको छ।

देश विदेशबाट उनलाई सक्दो सहयोग गरेर उनलाई बचाउन लागीपरेका छन । आज मात्र गायक धनराज चुनारा सहयोग लिएर अस्पताल पुगेका थिए ।

घरको अवस्था नाजुक रहेको हुँदा उनले अस्पतालको बेडबाट आफू लाई बचाउन गुहार मागेका छन ।बिरामी वलिलाई सहयोग गर्न चाहनेले निम्न खाता न वा ईसेवामा सहयोग गरिदिन अपिल गरिएको छ।