गोरखा ताकुकोट समाज काठमान्डौद्वारा सामाजिक व्यक्तित्व दुर्गा गुरुङ सम्मानित

काठमान्डौ – गोरखा ताकुकोट समाज काठमान्डौको आठौं साधारणसभाले विगत चार दशक देखि सामाजिक कार्य र महिला जागरण अभियानको नेतृत्व गर्दै आईरहेकी गोरखाकि दुर्गा गुरुङलाई सम्मान गरेको छ।

आज बनस्थली खरिबोट मदर्स व्याङकेट काठमाडौंमा उपप्रधान तथा गृह मन्त्री नारायणकाजि श्रेष्ठको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा बारपाक सुलिकोट वडा न ५ निवासी दुर्गा गुरुङलाई सम्मान गरिएको हो।

२०४० साल देखि महिला जागरण अभियान अन्तर्गत क्रियासिल सामाजिक व्याक्तित्व सामाजबाट पछी परेका महिला दिदी बहिनी हरूलाई एकबद्द गरी अधिकार र सशक्तिकरण अभियानमा चलाउने गुरुङलाई सम्मान गरिएको हो।

उनलाई नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दो सल्ला ओडाई सम्मान पत्रसहित सम्मान गरेका हुन। गोरखा-ताकुकोट सेवासमाज काठमाडौंले प्रतेक बर्ष सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य योगदान गर्नेलाई सम्मान गर्दै आउने गरेको छ।

यस्तै गोरखा-बारपाक सुलिकोट गाउँपालीका सूर्यज्योती माबि बाट उत्कृष्ट अकं ल्याउने सज्ञाय श्रेष्ठ र ताकुकोट वडा न ६ बाट माईकोट माबिबाट उत्कृष्ट अकं ल्याउने अनिसा बराम, अन्य बिधार्थी हरूलाई र आजीवन सदस्यका छोरा छोरी मध्य धेरै अकं ल्याउने विध्यार्थीहरूलाई नगद सहित सम्मान गरिएको छ।

कार्यक्रममा ताकुकोट सेवा समाज काठमाडौंको गृहमन्त्री श्रेष्ठले स्मारिका बिमोचन गरेका थिए । कार्यक्रममा रक्तदान कार्यक्रम निशुल्क स्वास्थ्य सिवीर ,अँखा चेकजाँच  मोतिबीन्दुको अप्रेसन आजीवन सदस्य हरूको प्रमाण पत्र प्रदान र सांस्कृतिक कार्यक्रम गरि भब्यताका साथ सम्पन्न भएको हो।

प्रमुख अतिथी नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले गोरखा-ताकुकोट सेवासमाज काठमाडौं गोरखा जिल्लाको नमुनाको रूपाम स्थापना भएको बताए ।

यस्तै यसमा जुझारु सामाजिक नेतृत्व गर्ने युवाहरू भएको र यसले समाजमा राम्रो सन्देश दिएको हुँदा राम्रो कार्य गर्न सुभकामना समेत दिएका छन।

गोरखा बारपाक केन्द्र बिन्दु भयर २०७२ सालमा गएको बिनासकारी भुकम्पपछि गोरखा बारपाक ताकुकोट सेवा समाजको स्थापन भएको थियो ।

भुकम्पले तहसनहस भयको गोरखा-ताकुकोट आफ्नो जन्मभूमिलाई केही गरौ भन्ने उदेश्यले स्थापनना भएको आज आठौं बर्ष पूरा भएको छ।

गोरखा-ताकुकोट सेवासमाजले विभिन्न क्षेत्रमामा स्वास्थ्य उपचार गर्न आर्थिक कम भयका हरूलाई सयोग एसईमा गोरखा बारपाक सुलिकाेटबाट उत्कृष्ट हुने बिधार्थीहरू र राम्रो जिपीए ल्याउने बिधार्थीहरूलाई नगद पुरस्कार सहित सम्मान सामाजिक क्षेत्रमा योगदान गर्नु ब्याक्तीत्व हरूलाई सम्मान स्वास्थ्य सिवीर, रक्तदान कार्यक्रमहरू फुटसल ,गाईजत्रा देउसी भैलो कार्यक्रमहरू र गोरख बारपाक सुलिकोट ताकुकोटबाट काठमाडौंमा आई बसोवास गर्ने बिभीन्न पेसा व्यवसाय अध्यन गर्ने बिधार्थीहरूलाई समस्या पर्दा सयोग समन्वय गर्ने कार्यहरू गर्दै आएको छ । असोज २७