रुकुममा दिउँसै रक्सी खाएर दादागिरी गर्ने दोय वडाअध्यक्षले पिडितको खुट्टा ढोगेर मागे माफी
कार्तिक ३
रुकुम पश्चिम् – दिउँसै रक्सी खाएर उधुम मच्चाउनने दुई वडा अध्यक्षलाई जन्ताले कारबाही गरेपछि पिडितसंग मिलापत्र भएको छ।
गत शनिबार आठबिसकोट नगरपालिका -१३ र १४, का वडा अध्यक्षले दिउँसै रक्सी खाएर दादागिरी गरेको भिडियो सार्वजनिक भएपछि चौतर्फी आलोचना संगै कारबाहीको माग उठेको थियोे ।
१४ न का वडा अध्यक्ष हुकुम पुनका अनुसार दुबै वडाका वडा अध्यक्ष र पीडित पक्षबिच मुसिकोटको एक घरमा बिहिबार मिलापत्र भएको छ ।
मिलापत्रमा वडानम्बर -१३, का अध्यक्ष टेक बहादुर थापा र १४ का हुकुम पुनले आफ्नो गल्ती स्वीकार गर्दै खुट्टा ढोग गरेर माफी मागेका छन् ।
उनीहरूले भिडियोमा पीडित भनिएकी महिला र उनका श्रीमानको खुट्टा छुदै माफी मागेका छन ।
पिडितसंग माफी माग्दै मिलापत्र
दुबै अध्यक्षले आफूहरूबाट गल्ती भएको र आगामी दिनमा यस्ता कार्य नगर्ने भन्दै माफी मागेको बताए।
मिलापत्रमा दुबै पक्षले न्यायका लागि ईलाका प्रहरी कार्यालय आठबिसकोटमा दिएको निवेदन पनि फिर्ता लिने सहमति गरेका छन् । त्यसका लागि दुबै पक्षले तत्काल ईलाका कार्यालय जाने निर्णय समेत भएको छ ।
मुसिकोटमा भएको मौखिक मिलापत्र भने नेकपा एमालेका पार्टी सचिव शसिराम नेपालीको सहजीकरणमा भएको थियोे ।
माओवादीबाट निर्वाचित दुवै अध्यक्षले रक्सी सेवन गरेर वडानम्बर १३_ को भल्म ज्यूलामा लफडा गरेका थिए ।
सो दिन बहालवाला दुबै जना अध्यक्षले स्थानीय एक महिलालाई हातपात गर्दै अपशब्द बोलेको भिडियो भाइरल भएको थियो । हुकुम पुनको यो दोस्रो कार्यकाल समेत हो।