महाबीर पुन चितवनमा आफ्नो जीबन कथाको पुस्तक बेच्दै

कार्तिक ६

काठमान्डौ – आबिस्कार केन्द्र निर्माणका महाबीर पुनले आफ्नो जीबन कथाको पुस्तक बेचीरहेका छन।

हिजो चितवनको रत्ननगर, भरतपुरको चौबिसकोठी नारायणघाटको पुल्चोक र शहिदचोकमा ४८५ जति किताब बिक्रि गरेको पुनले बताए ।

उनले रत्ननगर नगरपालिका मेयर प्रल्हाद सापकोटाले बस्ने ठाउँको व्यवस्था गरिदिएको बताएका छन भने भरतपुर र नारायणघाटमा युबाहरुले बिक्री वितरणको लागि सहयोग गरेको बताए ।

पुस्तक बेचेर पुनले विरगन्ज उधोग औजार कारखाना संचालनमा ल्याउने बताएका छन। विरगन्ज उधोग औजार कारखाना नेपाल सरकार नेपाली जन्ताको भएको हुँदा सबै लागीपर्नुपर्ने बताएका हुन।