Gold
Bangad salyan

चौरजहारी नगरपालिका स्यालखोलाबाट ३६ लाखको मकैको बीउ बिक्री

कार्तिक १५

रुकुम – रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ३ को स्यालखोला नयाँ बस्ती अमाचौर लगायतका गाउँबाटसाढे ३६ लाख रुपैयाँको मकैको बीउ बिक्रि भएको छ ।

वडा नम्वर ३ स्थित स्यालखोला र नयाँ बस्ती अमाचौर लगायतका गाउँबाट मात्रै बर्षे बाली अन्तर्गत लगाएको मकैको उन्नत बीउ बिक्रि भएको हो।

स्यालखोला अमाचौर लगायतका गाउँहरुमा  उत्पादन भएको रामपुर कम्पोजिट र अरुण २ जातको नौ हजार क्विन्टल मकैको बीउ बिक्रि भएको हो । मकैको उन्नत बीउ बिक्रि वापत गाउँमा ३६ लाख ५० हजार रुपियाँ भित्रिएको बताएको छ ।

किसान अध्यक्ष तेजबहादुर बटालाका अनुसार आठ सय क्विन्टल रामपुर कम्पोजिट र एक सय क्विन्टल अरुण २ जातको मकै काठमाडौको सि एन सिड कम्पनीलाई बिक्रि गरिएको अरुण २ प्रतिकिलो ४५ र रामपुर कम्पोजिट प्रतिकिलो ४० रुपियाँको दरले बिक्रि भएको किसान अध्यक्ष तेजबहादुर बटालाले जनाएका छन ।

बटालाका अनुसार टोलका १४० घरधुरी किसानले मकैको बीउ बिक्रि गरेका हुन् । गाउँमा सबैभन्दा बढी २५ क्विन्टल मकै उहाँकै बिक्रि भएको छ । यसबाट बटालाले मात्र एक लाख रुपियाँ बराबर को बिउ बिक्री गरेका छन ।

गाउँ टोलका किसान हरुले  उत्पादन गरेको मकै उत्पादन गरेको मकै समयमै बिक्रि भएको हुँदा खुशी खुशी व्यक्त गरेका छन भने उनिहरुलाई आम्दानी समेत भएको छ।

बीउ कम्पनीसँग भएको खरिद बिक्रि सम्झौता अनुसार बीउ बिक्रि भएको हो । यसका लागि स्थानीय व्यवसायी बिरबहादुर ओलीले किसान र बीउ कम्पनी बिचमा समन्वय गरेका थिय । मकैको बीउको उमारशक्ति परिक्षण पश्चात ग्रेडिङ्ग र लेवलिङ्ग उल्लेख गरेर बिक्रि गरिएको हो ।

सोहि टोलबाट गत वर्ष मात्रै एक हजार एक सय क्विन्टल मकैको उन्नत बीउ बिक्रि गरिएको थियो । यस वर्ष मकै भित्र्याउने बेलामा आएको असिनापनी र हावाहुरीको कारण मकैमा क्षती भएको हुँदा । उक्त क्षतीले गर्दा उत्पादनमा कमी आएको र उक्त किसान मारमा परेको समेत किसान हरुले बताए छन ।