Gold
Bangad salyan

समाजसेवि हेम थापा रंगदर्पण मिडियाबाट सम्मानित

कार्तिक २०

काठमान्डौ – समाजसेवि र भ्रष्टाचारविरुद्धका अभियान्ता हेम थापालाई रंगदर्पण अनलाईन मिडियाले सम्मान गरेको छ।

काठमान्डौको बबहरमहल फाल्चा भवनमा भैइरहेको भ्रष्टाचारविरुद्धको एक कार्यक्रमका बिच थापालाई सम्मान गरिएको हो।

हेम माया थापा फाउन्डेसनले नेपाल र नेपाली दुखि पीडितलाई गरेको साथ सहयोगको कदर गर्दै रंगदर्पण मिडियाका संचालक ओम विकल र प्रेश प्रतिनिधि सर्जन विकले सम्मान पत्रसहित खादा माला लगाई सम्मान गरेको हो।

सामाजसेवि थापाले हाल सम्म दुखी पिडितलाई व्यक्तिगत मात्र ४० करोड सहयोग गरिसकेका छन। हाल अमेरिकामा बसिरहेका उनले विदेशबाट नेपालमा रहेका दुखि नेपालीलाई सहयोग साथ दिदै आएका छन।

नेपालमा जस्ता सुकै ठुला ठुला दैविक प्रकोप अस्पताल निर्माण दुखी पिडितलाई थापाले हरेक समयमा सहयोग गर्दै आउने गरेका छन।

थापाले सम्मान पत्र बुझ्दै आफू ले रंगदर्पणका समाचार र भिडियोहरु हेर्ने गरेको बताए । रंगदर्पणले देश र जन्ताको लागि जहिले पनि आवाज उठाउनु पर्ने बताए ।

भ्रष्टाचारविरुद्द बुलन्द भएर कलम चलाउन र बोल्न समेत थापाले रंगदर्पनलाई आग्रह गरे।

यस्तै थापालाई आजै भ्रस्टाचारविरुद्दको राष्ट्रिय अभियानले आयोजित गरेको कार्यक्रममा बिशाल सम्मान गरिएको थियो।
भ्रष्टाचारविरुद्द आज भन्दा ४१ बर्ष पहिलेबाट आफुले आवाज उठाउने गरेको थापा बताउँछन । भ्रष्टाचारविरुद्द बोल्दा थापा अपहरण समेत परेका थिए ।

देश बनाउन जन्तानै परिवर्तन हुनुपर्ने उनको भनाई थियोे । कोहि पनि व्याक्तीवादी नेतामुखी नभै देश र जन्ताको लागि आवाज उठाउन सके देश परिवर्तन हुने थापाले बताए ।

उनको सहयोगले गर्दा थापालाई देश विदेशबाट सम्मान गर्नेको घुईचो नै देखिन्छ। थापाको सहयोग र संमानलाई नेपाल सरकारले समेत नियालीरहेको छ।