Gold
Bangad salyan

जाजरकोटको मटेलामा घर हेरेर जान्छन राहत दिन्न

कार्तिक २४

जाजरकोट – जाजरकोटको भेरि नगरपालिकाका भूकम्प पीडित ले अहिले सम्म कुनै पनि राहत नपाईको गुनासो गरेका छन।

भूकम्प प्रभावित क्षेत्र वडा नम्बर ११ मटेलाका स्थानीय पीडितले अहिले सम्म कुनै पनि राहत नपाएको बताए ।

पीडितले आठौं दिन सम्म वडा र पालिका कतैबाट पनि राहत उपलब्ध नभएको ११ नम्बरका स्थानीय पिडितले बताएका छन।

भुकम्प गएको पछिल्लो दिन राति आएर घर हेरेर गएको दिन देखी भुकम्प पीडित हरुको अबस्था बारे कुनै पहल न गरेको स्थानीय ले बताएका छन।

मेटेलामा दलित समुदायका ५ घर पुन रूपमा भत्किएका छ्न भने सयौं घर बस्न नमिल्ले भएका छन ।

मटेला का स्थानीय युवा सन्देश शर्माको पहलमा चितवनबाट केही युवाहरूलाई पहल गरेर राहत का सामाग्री उपलब्ध गराएका छन ।

मटेलामा अहिले सम्म भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तीले पनि मटेलाका दलित बस्तीका समुदायलाई बेवास्ता गरेको स्थानीयले हरुले बताएका छन ।