Gold
Bangad salyan

गरिबी बालबालिकालाई प्रलोभन देखाई यौनधन्दामा लगाउने महिला पक्राउ

मंसिर १७

काठमान्डौ – साईबर ब्युरोले नाबालिकाहरुलाई यौन क्रियाकलापमा लगाउने महिलालाई पक्राउ गरेको छ।

तनहु भिमाद नगरपालिका २ स्थायी घर हाल नयाँ बसपार्क पश्चिम्म लुम्बिनी गेस्ट हाउसबाट सपना तामाङ पुजा राना भनेर चिनाउने गरेकी महिलालाई ब्युरोले पक्राउ गरेको जनाएको छ।

नयाँ बसपार्क तथा कलंकी स्थित बिभिन्न होटल गेष्टहाउसहरुमा नाबालिकाहरुलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी यौन गतिविधीमा लगाउने गरेको सुचनाका आधारमा ३ जना नाबालिकाहरुको उद्दार समेत गरिएको ब्युरोले जनाएको हो।

पक्राउ परेकी महिलालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाण्डौं जिल्ला अदालतबाट पाच दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भईरहेको मानव बेचबिखन तथा ओसार पसारका केन्द्रका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनीले बताए ।