Gold
Bangad salyan

अमेरीका पठाइदिने भन्दै ६४ लाख ठगी गर्ने व्याक्ती पक्राउ

मंसिर २२

काठमाडौ – अमेरीका पठाइदिने भन्दै ठगी गरेको आरोपमा काठमाडौँबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–१ का २८ वर्षीेय रमेश न्यौपाने छन। न्यौपानेले अमेरिका पठाइदिने भन्दै ६४ लाख रुपैयाँ ठगी गरेको खुलेको छ।

उनी काठमाडौंको कोटेश्वरमा बस्दै आएका थिए। न्यौपानेलाई बिहीवार दिउँसो नयाँ बानेश्वरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं एसपी रवीन्द्र रेग्मीले बताए।