Gold
Bangad salyan

गृहमन्त्री बिरामी भएको मौका छोपी विमानस्थलमा सुन तस्कर सुरु

काठमान्डौ – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ बिरामी भएको मौका छोपी सुन तस्कर भएको छ।

गृहमन्त्रीले सुन तस्कर भुटानी सरणार्थीका नाईके देखि वालुवाटारको ललितानिवास जग्गा हिनामिना गर्ने व्याक्तीहरुलाई जेल हालेका छन।

पछिल्लो समय तस्कर र अपराधविरुद्द कारबाहीमा उत्रिएका गृहमन्त्री श्रेष्ठ यो बेला स्वास्थ्यमा समस्या आएपछि सहिद गङगलाल अस्पतालमा उपचारारथ छन।

मन्त्री श्रेष्ठको एकसनपछि सुनसान बनेको राजनिती तरङ्गमामा उनी बिरामी भएकै बेला एकै दिनमा १४ किलो सुन त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलबाट फेला परेको छ।

तस्करले यहि बेला फेरि सुन तस्कर गरिहेको छ । यो त देखावटी हो तर भित्र भित्रै कति सुन् तस्कर भएको छ थाह नै छैन।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित गोरखाका चन्द्र घले हिजो पक्राउ परेका छन् । फ्लाइ दुबईको फ्लाइटबाट बिहीबार राती काठमाडौं उत्रेका घलेलाई भन्सारको टोलीले पक्राउ गरेको हो ।

यस्तै हिजै प्रहरीले काठमाडौंको नागढुंगाबाट ३ जनालाई २ किलो सुनसहित पक्राउ गरेको छ । रसुवाबाट काठमाडौं आउँदै गरेको जिपबाट २ किलो सुन बरामद भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

पक्राउ पर्नेहरूमा रसुवाका २१ वर्षीय सुनिल भुजेल, २८ वर्षीय ग्याल्छिङ तामाङ र २६ वर्षीय विरु तामाङ रहेका छन् । उनीहरूले गाडीको गियरबक्समा लुकाएर सुन भित्र्याउन लागेको प्रहरीले जनाएको छ । बरामद सुन र पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान जारी रहेको पनि प्रहरीको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डको सरकार ढाल्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलखेल समेत भैइरहेका छन। देशमा आर्थिक मन्दीकै बेला एनसेलको शेरय खरिद बिक्रीगरि लगानीकर्ता पाखा लागेका छन।

देशमा खाद्य बस्तु देखि चिनी व्यापारीले लुकाउन थालेका छन भबे संघीयता गणतन्त्र खारेज र राजसंस्था ल्याउन चलखेल समेत भैइरहेको छ।

के सुन तस्करमा राज्यका ठुला व्याक्तिनै जोडिएका छन त यो सबै आम नागरिकको बिषय बनेको छ। सुनतस्कर पक्राउ परेपछी सरकारले छानबिन समिती बनाएको छ।

देशमा हाल सम्मकै शक्तिशाली गृहमन्त्रीले काम गर्दा समेत जस पाउन सकेका छैनन भने उनलाई कम्जोर बनाउन चलखेल रोकिएको छैन। मंसिर २३ फाइल तस्वीर