Gold
Bangad salyan

हिजो फेला परेको १४ किलो सुन विशुद्ध सक्कली भएको पुष्टि

काठमाडौ – हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १४ किलो सुन विशुद्ध सक्कली अर्थात २४ क्यारेटकै रहेको पुष्टि भएको छ ।

भन्सार विभागका अनुसार बरामद भएको सुनलाई ‘ईडीएक्स’ उपकरण (एक्सरे)मा परीक्षण गर्दा सबै सुन विशुद्ध भएको पुष्टि भएको हो ।

परीक्षणपछि सुन विमानस्थल भन्सार कार्यालयमा फिर्ता गरिएको विभागले जनाएको छ । बिहीवार राति फ्लाई दुबईबाट आएका गोरखाका चन्द्र घलेको साथबाट सुन बरामद भएको थियो । पक्राउ परेका घलेले यसअघि पनि दुबईबाट पटक–पटक सुन भित्र्याएको प्रहरीको अनुमान छ ।

घले यो वर्ष मात्रै ५ पटक दुबई ओहोरदोहोर गरेको पाइएको छ । सुन बरामद भएको विषयमा छानबिन गर्न भन्सार कार्यालयले प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति बनाएको छ । मंसिर २३