वैदेशिक रोजगारीमा गएकि एक महिलाले दुबैको जहाजको बाथरुममा बच्चा जन्माईन
काठमाडौं – वैदेशिक रोजगारीमा गएको १ जना महिलाले दुबइको फ्लाइटको बाथरूम मै बच्चा पाएकी छिन् ।
यूएईको सारजाह विमानस्थलबाट काठमाडौं आएको जि ९५३६ उडान एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको हो ।
यो घटनामा प्रहरीले एक जना महिलालाई पक्राउ गरेर अस्पताल लगेको जनाएको छ भने बच्चा भने जिवित नरहेको श्रोतले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बुधबार बिहान ९ बजे काठमाडौं अवतरण गरेको जहाजको शौचालयमा नवजात शिशु फेला परेको पुष्टि गरे ।
काठमाडौं सारजहाबाट आएको भए पनि यात्रु कुन मुलुकबाट आएको भन्नेबारे विमानस्थलसँग विस्तृत जानकारी नभएको उनले बताए ।
यो घटनापछि प्रहरीले शिशु र ती महिला दुवैलाई अस्पताल पुर्याएको उनले जानकारी दिए ।पुष ४

