Gold
Bangad salyan

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन शीर्ष नेताहरू छलफलमा

काठमान्डौ- शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन शीर् नेताहरूको बैठक बसेको छ। पीडित केन्द्रित कानुन बनाउने कुरामा सरकार तयार भएकाले शीर्ष नेताहरू सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्ग्याउनेतर्फ सबै नेताहरु सकारात्मक देखिएको बताईएको छ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका सचेतक महेश बर्तौलाले पीडितले न्याय पाएको अनुभूति गर्नेगरी कानुन बन्ने सहमति शीर्ष नेताहरूमा जुटेको र आउँदो हिउँदे अधिवेशनमा विधेयक संसदमा प्रस्तुत गर्ने बताए ।

शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन कसरी अघि बढ्न सकिन्छ भनेर विशेषगरी तीन दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) बीचका नेताहरूको छलफल भयो ।

पीडितमैत्री कानुन बनाउने हो भने विधेयक तत्काल अघि बढोस् भन्नेमा नेताहरू सकारात्मक देखिनुभएकाे छ । आउँदाे हिउँदे अधिवेशनमा विधेयक संसदमा लैजाने बैठककाे निष्कर्ष छ उनले भने। पुष १०