Gold
Bangad salyan

नेपाल र चीन नजिकका छिमेकी विश्वासिला मित्र हुन : प्रधानमन्त्री प्रचण्ड

काठमान्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल ताइवान स्वतन्त्रता’ को विपक्षमा रहेको बताएका छन।

आज काठमान्डौमा चिनियाँ नयाँ वर्षको उद्घाटन गर्दै प्रधानमन्त्रीले ताइवान चीनकै अभिन्न अङ्ग भएको भन्दै ‘ताइवान स्वतन्त्रता’ का सम्बन्धमा नेपालको प्रष्ट दृष्टिकोण रहेको उल्लेख गरेका हुन।

उनले नेपाल ‘एक चीन’ सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र भएको बताए ।

हामी (नेपाल र चीन) ले असल मित्रका रूपमा एकअर्काको संवेदशनीलतालाई नजिकबाट बुझेका छौँ । शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध रहिआएको छ । नेपाल एक चीन सिद्धान्तप्रति स्पष्ट र दृढ छ ।

आन्तरिक तथा बाह्य मामिलामा आएको परिवर्तनबाट हाम्रो प्रतिबद्धतामा कुनै हालतमा प्रभावित हुँदैन । ताइवान चीनकै अभिन्न अङ्ग हो ।

ताइवान स्वतन्त्रता’ का सम्बन्धमा नेपालको प्रष्ट दृष्टिकोण रहेको छ । मेरो चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा यसलाई प्रष्ट पारिएको छ । हामी फेरि भन्न चाहन्छौँ– हामी ताइवान स्वतन्त्रताको विपक्षमा छौँ प्रधानमन्त्री प्रचण्डले भने ।

प्रचण्डले चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने पनि स्पष्ट पारे। यस्तै दाहालले दुई देशको सभ्यता नदी र हिमशृङ्खलाले मात्र नजोडिएको भन्दै दुई देशका साझा संस्कृति र जनस्तरको सम्बन्ध पनि प्रमुख रहेको बताए ।पुस २९