घरमा सडेको अवस्थामा शव फेला पहिचान खुल्यो
माघ ७
काठमान्डौ – गत माघ ३ गते काठमान्डौ महानगरपालिका ,१५ स्वयम्भूमा रहेको सरिता गिरीको घरमा सडेको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ ।
नेपाल प्रहरीले आज काठमान्डौमा पत्रकार सम्मेलन गरी शव तनहुँको भिमाद नगरपालिका घर भएकी ५१ वर्षीया सफिना मियाको रहेको जानकारी दिएको छ ।
मियाको हत्या गरको आशङ्कामा उनीसँगै बस्ने भारतको दरभङ्गा जिल्ला बिहार प्रदेश लालबाग थाना घर भएका ४३ वर्षका ईकरामुल हक अन्सारीलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी प्रमुख भूपेन्द्र खत्रीले बताए ।
उक्त घटनामा घरधनीलाई घरमा को बस्छन् र केका लागि बस्छन् भन्ने थाहा नभएको बताउँदै प्रहरी प्रमुख खत्रीले घर भाडामा दिँदा सबै ‘रेकर्ड’ राख्न आग्रह गरेका छन।

