देश र जन्तामा समर्पित वीर शहीदको सम्झनामा आज शहीद दिवस मनाईदै
काठमान्डौ – देश र जनताको हित र अधिकारका लागि जीवन आहुती दिने शहीदप्रति सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइँदै छ ।
नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन इतिहासका विभिन्न काल खण्डमा निरङ्कुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका क्रान्ति तथा लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गानाहरूप्रति सम्झना गर्दै यो दिवस मनाइँदै आइएको छ ।
राणाशासनविरुद्धमा उत्रिएका क्रान्तियोद्धा चार सहिदको बलिदानको स्मरण गर्दै हरेक माघ १६ गतेलाई सहिद दिवसका रूपमा मनाउने चलन २०१० सालदेखि सुरु भयो । हरेक माघ १० गतेदेखि सहिद सप्ताह मनाउने प्रचलन छ ।
राणाशासनविरुद्धमा देश र जन्ताको लागि भोकै नाङै र परिवार त्यागेर लडेका वीर योद्धालाई माघ १० गते शुक्रराज शास्त्रीलाई मचलीमा फाँसी दिइयको थियोे ।
धर्मभक्तलाई माघ १३ गते सिफलमा झुन्ड्याइयो । माघ १६ गते दशरथ चन्द र गङ्गालाललाई शोभा भगवतीमा गोली हानेर मारियो । माघ १७ गते टङ्कप्रसाद र रामहरि शर्मालाई सिंहदरबारबाहिर जनै चुँडालियो र चारपाटा मुडियो ।
सहिदको सङ्ख्या १४ हजार ६८०
मुलुकमा सहिदको सङ्ख्या १४ हजारभन्दा बढी छ । गृह मन्त्रालयका अनुसार मन्त्रीपरिषद्ले सहिदको सूचीमा १४ हजार ६८० जनाको नाम निर्णय गरेको छ ।
मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार तीमध्ये ११ हजार ४१९ जनाको नाम राजपत्रमा छापिइसकेको छ भने तीन हजार २६१ जनाको नाम प्रकाशित हुन बाँकी छ । माघ १६

