रुकुम चौरजहारी

२० बर्षको उमेरमै बाजुराबाट एक मात्र पाईइलट बनिन असिमा कार्की

चैत १५

रुकुम आठ विसकोट

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिका-७ पान्डुसैनकी अमिसा कार्की २० बर्षको उमेरमै पाईलट बन्न पुगेकी छिन।

बाजुरा जस्तो दुर्गममा जन्मिएर पढेकी २० वर्षीय अमिसा हाल साउथ अफ्रिकामा छिन् । उनले उतै हालै पाइलटको ट्रेनिङ र पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेकी छन् ।

उनका पिता मीन कार्कीले छोरीको सफलताले आफू निकै हर्षित भएको बताउँदै छोरी पाइलट बन्ने भएको जानकारी दिए ।

उनले आफ्नी छोरीले १८ महिने  ट्रेनिङ सकेको र अब नेपालमा लाइसेन्स लिएर पाइलट बन्न सक्ने बताए । उनका पिताका अनुसार अमिसाले बाजुराबाटै १० कक्षा पास गरेर काठमाडौं गएकी थिइन् भने काठमाडौंबाट १२ पास गरेर साउथ अफ्रिका उडेकी थिइन् ।

अमिसा मीनकी जेठी छोरी हुन् । मीनका जम्मा ५ वटा सन्तानमध्ये ४ छोरी र १ छोरा छन् । उनी बाजुराकै पहिलो महिला पाइलट भएको दाबी गर्दै अहिले उनलाई बधाई दिनेको समेत ओइरो छ ।