रुकुम चौरजहारी

जुम्लाबाट गलैँचा बेच्दै आएका एक जनालाई मर्स्याङ्दी नदिले बगायो

चैत २८

रुकुम आठ विसकोट

काठमान्डौ – गलैंचा बेच्दै लमजुङ आएका जुम्लाका एक पुरुषलाई लमजुङमा मर्स्याङ्दी नदीले बगाएको छ ।
पौडी खेल्ने क्रममा मर्स्याङ्दी नदीले बगाउँदा ती पुरुष बेपत्ता भएका हुन।

सुन्दरबजार नगरपालिका ९ भोटेओडारको फूलबारी नजिकै मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा मंगलबार दिउँसो उनी बेपत्ता भएका हुन् ।

जुम्लाको सिंजा गाउँपालिका १ निवासी ४५ वर्षिय नन्दबहादुर आचार्यलाई मर्स्याङ्दी नदीले बगाउँदा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताए ।

उहाँका अनुसार ४ जना साथीहरु मिलेर पौडी खेल्न गएको र पौडी खेल्ने क्रममा आचार्यलाई बगाएको घलेले बताए । उनको खोजी भैरहेको घलेले बताए ।