Gold
Bangad salyan

कतारमा हात्ती पठाइएको छैन भिडियो झुट

बैशाख १२

काठमान्डौ – कतारलाई नेपालले हात्ती उपहार पठाएको भन्दै अहिले सामाजिक संजालमा भाईरल बनेको भिडियो सत्य नभएको खुलेको छ।

कतारलाई नेपालले उपहारमा दिने भनेका हात्ती तत्कालै अहिले नजाने समेत वन तथा वातावरण मन्त्रालय श्रोतले जनाएको छ।
कानुनी र प्राविधिक प्रक्रिया पूरा हुन बाँकी भएकाले हात्ती पठाउने काम केही दिनलाई रोकिएको हो ।

हिजो स्वदेश फर्कीएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीसंग हात्ती पठाउने भनिएको थियो ।

हात्ती दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साईटीस) को अनुसूचीमा सूचीकृत छ ।

कतारलाई हात्ती दिने विषयमा साईटीसले पनि सिफारिस गर्नुपर्छ । वन मन्त्रालयकाअनुसार त्यहाँबाट पनि कुनै सिफारिस आइपुगेको छैन । त्यसैले कतारमा हात्ती पठाउन केही ढिलाइ हुने मन्त्रालयले जनाएको छ ।

यसैबीच कतार पठाउन लागिएको हात्तीलाई ट्रकमा राखिएको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडियो र फोटो झुटो भएको थाहा भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ती हात्ती निकुञ्जभित्र पहिले राखिएको ठाउँमै छन् । file photo