Gold
Bangad salyan

कक्षा १२ को नतिजा सार्बजानिक ,,

साउन,१७ काठमाडौं – राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरले कक्षा १२ को नियमित तथा आंशिकतर्फको परीक्षाफल प्रकाशित गरेको छ । परीक्षा बोर्डले गत वैशाखमा पहिलोपटक ग्रेडिङ प्रणालीअन्तर्गत सञ्चालन गरेको परीक्षाको परीक्षाफल बिहीबार प्रकाशित गरेको हो ।परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा एक हजार १६९ ले ३.६१ देखि ४ जीपीए ल्याएका छन् । परीक्षा बोर्डका अनुसार, ११ हजार २२१ ले ३.२१ देखि ३.६०, २७ हजार ६४३ ले २.८१ देखि ३.२० ल्याएका छन् । त्यसैगरी, २.४१ देखि २.८० ल्याउनेकाे संख्या ५८ हजार ३४५ छ ।

बाेर्डका अनुसार, ९० हजार २९९ ले २.१ देखि २.४०, ६६ हजार ४३८ ले १.६१ देखि २ अंक हासिल गरेका छन् । २२ हजार ७३४ ले १.२१ देखि १.६० ल्याएका छन् भने ०.८१ देखि १.२० ल्याउने चार हजार ४८७ छन् । ०.०० देखि ०.८० ल्याउने १९९ जना छन् ।त्यसैगरी आंशिकतर्फ एक लाख १७ हजार ४१४ परीक्षार्थी सहभागी रहेकामा ४१ हजार ३२५ अर्थात् ३५.२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जानकारी दिएकाे छ ।