रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीबाट पक्राउ पुर्जी जारी
बुटवल – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले पक्राउ गर्न अनुमति दिएको छ ।
जिल्ला अदालतका न्यायाधीश श्यामप्रसाद श्रेष्ठको एकल इजलासले लामिछानेसहित १२ जनालाई सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा पक्राउ गर्न अनुमति दिएको हो ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम गोर्खा मिडिया नेट्वोर्कमा गएको देखीएपछि लामिछानेलाई पक्राउ पुर्जी भएको हो ।लामिछानेलाई अहिले पक्राउ गरि पोखरा लगिएको छ।
कार्तिक ८