संचिता र बिर्खको क्यान्सर नाटकको पर्दाफास १ करोड बढी रकम ठगि
फागुन ११
काठमान्डौ – बिर्ख बिश्वकर्मा र मोडल संचित शाहीको झुटको प्रदाफास भएको छ। बिर्ख बिश्वकर्मालाई ब्लड क्यान्सर भएको छ भन्दै संचिताले अभियान नै चलाएकि थिइन ।
अभियानमा हाल सम्म देश बिदेश्बाट एक करोड बढि रकम उठेको र उक्त रकम दुवै जनाले बाडेको समेत सामाजिक संजालमा बताईएको छ।
बिर्ख बिश्वकर्मालाई अहिले आएर ब्लड क्यान्सर नभएको तर उनले पैसा कमाउन नाटक गरेको खुलेको हो। बिर्खको सबै भन्दा नजिक संचिता शाही बनेकी थिईन ।
करिब एक बर्षबाट उनिहरु पैसा उठाउने कार्यमा संगै थिए । तर बिर्खको वास्तविक सत्य वा असत्य अस्पतालको रिपोर्ट औषधि कुन अस्पताल भन्ने संचितालाई पनि थाह भएको तर अहिले अनि नबोलेको आरोप लागेको छ।
बिर्खले आफू एक्लै भएको बताएपनि उनको श्रीमती र छोरा भएको समेत खुलेको छ। सहयोगको पैसाबाट बिर्ख र संचिताले मेरो त आयु छोटो छ रे बोलको म्युजिक भिडियो समेत खेलेका छन ।
बिर्खलाई क्यान्सर नभएको र नाटक गरेर दुवैले पैसा कमाउने खेल गरेको भन्दै अहिके चौतर्फी आलोचना गाली गलौच आईरहेको छ भने उठेको रकम तत्काल फिर्ता गर्न आग्रह गरिएको छ ।
यस्ता ठगले गर्दा वास्तविक क्यान्सर पिडितले नै सहयोग नपाउने र उनीहरुको आत्मसम्मानमा चोट पुग्ने भएको हो।

