Gold

इटहरी बलात्कार प्रकरण : एसपी र इन्स्पेक्टर निलम्बन गरिँदै ,,

Naumule Migrate

रंग दर्पण २३ माघ –

काठमाडौँ — गृह मन्त्रालयले सामूहिक बलात्कारको घटनालाई प्रहरी कार्यालयभित्रै गुपचुप मिलापत्र गराउने घटनामा स‌ंलग्न एसपी विद्यानन्द माझी र ईन्स्पेक्टर चिरञ्जीवी दाहाललाई निलम्बनको तयारी थालेको छ ।

गृह सचिव मोहनकृष्ण सापकोटाले निलम्बनका लागि प्रहरी प्रधान कार्यालयबाट सिफारिस आइसकेको र तुरुन्तै निलम्बन सदर गरिने बताए।

ईटहरी २० की १० कक्षामा पढने १४ वर्षीय छात्रालाई गत पुस १६ गते ईटहरी २ हलगढास्थित रोयल रिसोर्टमा छात्राको प्रेमी जोकम लिम्बु र मनिष श्रेष्ठले बलात्कार गरेका थिए।
बलात्कारको घटना मिलापत्र गराएको घटनाबारे प्रहरीले गठन गरेको छानबिन समितिले जिप्रका सुनसरीका एसपी विद्यानन्द माझीलाई समेत छानबिनको दायरामा राखेको थियो।

घटनाको बेला ईलाका प्रहरी कार्यालयको ईन्चार्ज रहेको ईन्स्पेक्टर चिरञ्जिवी दाहालले घटनालाई गुपचुप राख्न भूमिका खेलेका थिए। गत सोमबार मात्रै ईन्स्पेक्टर दाहाललाई मिलापत्रको कागजपत्र लुकाउन सक्ने र अनुसन्धानलाई प्रभावित पार्न सक्ने भन्दै प्रदेश एकको प्रहरी कार्यालय विराटनगरमा तानिएको थियो।आजको कान्तिपुरमा समाचार छ ,,

Naumule Badhipahiro