Gold
Bangad salyan

पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रपति पौडेल लड्केश्वर धाममा एकै साथ पुजा गर्दै

काठमान्डौ – विश्वकै एकमात्र कालाग्निरुद्र पीठ मानिएको लड्केश्वर धाममा सम्पन्न भएको पहिलो राष्ट्रिय कोटिहोमको सबैभन्दा ऐतिहासिक दृश्य देखीएको छ।

उक्त धाममा पूर्वराजा ज्ञानेन्द्र शाह, रानी कोमल शाह र राष्ट्रपति रामचन्द्र पौडेललाई एउटै पूजास्थलमा देख्न पाईएको हो।

देशको इतिहासमा अपवादस्वरूप एकै मंचमा देखिएका यी राष्ट्रप्रमुखहरूको उपस्थिति केवल औपचारिकता थिएन, त्यो थियो धार्मिक संस्कारमा समर्पण र राष्ट्रिय भावनाको प्रतिबिम्ब बनेको छ।

पूजामा उनीहरूको सहभागिताले सम्पूर्ण कार्यक्रमलाई विशिष्टता मात्र दिएन, लड्केश्वर धामलाई ‘राष्ट्रको साझा धर्म–पीठ’को रूपमा पनि चिनाउने काम गर्‍यो ।

पूर्वराजा शाह दम्पतीले निष्ठापूर्वक पूजाआजा गरे भने राष्ट्रपति पौडेलले सार्वजनिक मन्तव्यमा यस्तो आयोजनाले राष्ट्रको सांस्कृतिक एकता बलियो बनाउने विश्वास व्यक्त गरेका थिए ।

।लड्केश्वर अब केवल पवित्र स्थल मात्र होइन, राष्ट्रलाई आध्यात्मिक सूत्रमा गाँस्ने केन्द्रसमेत बनेको छ । जेठ २