Gold
Bangad salyan

रात्री बसमा महिलाले जन्माईन बच्चा

जेठ १९

काठमान्डौ – काठमाडौंदेखि भैरहवा जाँदै गरेको लु २ ख २५६१ नम्बरको मञ्जु श्री AC रात्री बसमा यात्रा गरिरहेकी चितवनकी एक महिलाले बसमै शिशुलाई जन्म दिएकी छिन् ।

बस स्टाफ ऋषव श्रेष्ठका अनुसार, काठमाडौँबाट छुटेपछि नौबिसे पुग्दा ती महिलालाई प्रसव पीडा सुरु भएको थियो।

बस रोकेर महिला यात्रुहरूको सहयोगमा उनले छोरालाई जन्म दिएकी हुन्। डेलिभरीपछि आमा र नवजात शिशुलाई तुरुन्तै काठमाडौँ फर्काएर अस्पताल पुर्‍याइएको स्टाफ श्रेष्ठले जानकारी दिएका छन्।

शिशु र आमा दुबैको अवस्था अहिले सामान्य रहेको जनाइएको छ ।