यातायात व्यवसायी महासङ्घले गरेको बन्दले उपत्यका ठप्प
जेठ् १९
काठमान्डौ – नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घले जेठ १९ गतेदेखि आजदेखि देशव्यापी सवारी सञ्चालन बन्दको घोषणा गरेको छ।
बिहानै देखि उपत्यका लगायतका विभिन्न ठाउँमा यातायात चलेका छैनन। जस्ले गर्दा यात्रुलाई सास्ति भोग्नु परेको छ।
राइड सेयरिङ (Pathao, InDrive आदि) लाई कानुनी मान्यता दिन नहुने। सार्वजनिक सवारीको आयु सीमा हटाउनुपर्ने। निजी गाडी सार्वजनिक भाडामा प्रयोग गर्न नदिने व्यवस्था गरिनु पर्ने आदि रहेको छ ।
यस्तै कालोप्लेटलाई भाडामा प्रयोग गर्न दिने गण्डकी प्रदेश सरकारको निर्णय खारेज गरिनु पर्ने पनि उनीहरुको माग छ।
आज देखि गाडीहरु ग्यारेजमा थन्काएर उनिहरुले बन्दको आवाहान गरेका हुन।

