अग्नि सापकोटा जान सक्छन जेल यस्तो भन्छन वकिल
जेठ २४
काठमान्डौ – नेकपा माओवादी केन्द्रका नेता पुर्व सभामुख अग्नि सापकोटामाथि द्वन्द्वकालमा माओवादीबाट मारिएका काभ्रेका अर्जुन लामाकी पत्नी पूर्णिमायाले दायर गरेको रिटमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको संवैधानिक इजलासले उत्प्रेषण जारी गरेको छ ।
प्रहरीले अनुसन्धान गर्न लागेको वेला मन्त्रिपरिषद्ले तामेलीमा राख्ने निर्णय गरेपछि उक्त निर्णयविरुद्ध २०७९ मङ्सिर ७ गते पूर्णिमायाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
सर्वोच्चले सापकोटा विरुद्ध अनुसन्धान हुने गरी उत्प्रेषणको आदेश जारी गरेको हो । अब पुनः अनुसंधान गरी मुद्दा दायर गर्नुपर्नेभएको छ।
काभ्रेका अर्जुन लामाको हत्याकाण्डमा माओबादी बरिष्ठ नेत पूराव सभामूख अग्नि सापकोटामाथि अनुसन्धान हुनुपर्ने मागसहित पूर्णिमाया लामाले १४ वर्ष अघि सर्बोच्च अदालतमा १४ वर्षभन्दा बढी समयदेखि सर्वोच्चमा विचाराधीन रिट निवेदनउपर आजबाट सुनुवाइ सुरू भएको छ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडाल रहेको संवैधानिक इजलासमा यो विवाद हेर्दाहेर्दैमा राखिएको थियो। पछिल्लोपल्ट यसको सुनुवाइ गत फागुन २८ गते भएको थियो।

