Gold
Bangad salyan

नेपाल टेलिकमकी प्रबन्ध निर्देशकमाथी भ्रष्टाचार मुद्दा

जेठ २६

काठमान्डौ – नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज प्रबन्ध निर्देशकसहित १८ जना बिरूद्द बिशेष अदालतमा भ्रष्टचारको मुद्दा दायर गरेको हो ।

विशेष अदालतमा आइतबार दायर मुद्दामा ३३ करोड ४७ लाख रुपैयाँ भ्रष्टाचार भएको दाबी गरिएको जनाइएको छ। थप विवरण भने आउन बाकी छ।