Gold
Bangad salyan

गोरखा जाँदै गरेको माईक्रो बस धादिङको गजुरीमा दुर्घटना

जेठ् २५

काठमान्डौ – गोरखा जाँदै गरेको माईक्रो बस धादिङको गजुरीमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन।

काठमाडौंबाट गोरखा आउँदै गरेको बा ३ ख १६३० नम्बरको माइक्रो गजुरी गाउँपालिका–५ गलौदीस्थित पूर्व–पश्चिम लोकमार्ग सडकको भित्तापट्टि भागको नालीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

घाइते हुनेमा तनहुँको बन्दिपुर गाउँपालिका–४ बस्ने ४६ वर्षीय सुकमाया परियार, आँबुखैरेनी–१ बस्ने १८ वर्षीय मन्जु परियार, माइक्रोका सहचालक तनहुँको भानु नगरपालिका–८ बस्ने बर्ष २५ वर्षीय कृष्ण परियार, गोरखाको पालुङटार नगरपालिका–५ का १७ वर्षीय सक्षम राजभाट र लमजुङको राइनस गाउँपालिका–६ का ७० वर्षीया हरिमाया परियार रहेका छन्।