Gold
Bangad salyan

टिकटकमा जताभावी बोल्दा पक्राउ परेकी रमालाई ३० हजार धरौटीमा छाड्न आदेश

असार १२

काठमान्डौ – सामाजिक सञ्जालमा मनपरी बोलेको  भन्दै पक्राउ परेकी टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायतलाई टिकटकमार्फत गालीगलौज गर्दै मनपरी भनेको आरोपमा उनी पक्राउ परेकी थिइन् ।

बिहीबार न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले बस्नेतलाई धरौटीमा छाड्न आदेश गरेको हो ।

उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले  विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा एक लाख जरिवाना वा ५ वर्षसम्मको कैद सजाय मागदाबी गर्दै बुधबारमात्रै मुद्दा दायर गरेको थियो । बस्नेतलाई प्रहरीले गत असार एक गते नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।