Gold
Bangad salyan

सिन्धुपाल्चोकमा ११ वर्षीया बालिकाको सामूहिक बलात्कार अनि हत्या गर्ने ब्याक्तीहरु

काठमान्डौ – सिन्धुपाल्चोकमा ११ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि निर्मम हत्या भएको छ ।

आफ्नै ठुलोबुवाको छोरा र गाउँका दाइहरूबाट पूर्वयोजना बनाएरै यस्तो क्रूर अपराध भएको खुलेको छ । घटनामा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।

गत १० असारको बेलुका भोटेकोशी गाउँपालिका– ५, मार्मिङ छ्यादीमा मकैबारीमा बोलाएर बालिकामाथि सामूहिक बलात्कार भएको हो ।

बलात्कारपछि घटना लुकाउँदा सुरुमा घाँटी न्याकेर बेहोस बनाई भिरबाट लडाएर टाउकोमा ढुंगाले हानी हत्या गरिएको हो ।

भोटेकोशी– ५, मार्मिङका २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङ्निमा तामाङ, ३२ वर्षीय नाम्ग्याल शेर्पा, २० वर्षका दावा तामाङ र २३ वर्षीय लाक्पा पासाङ तामाङ मिलेर बालिकाको सामूहिक बलात्कारपछि हत्या गरेका हुन् ।

उनीहरू पाँचैजनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका एसपी रामेश्वर कार्कीले बताए । यसरी क्रूर तरिकाले हत्या गरेको घटनामा बाँचुन्जेल कैद सजाय हुने कानुनी प्रावधान छ ।

एसपी कार्कीका अनुसार पूर्वयोजना बनाएरै उनीहरूले सामूहिक बलात्कार गरेको अनुसन्धानमा खुलेको छ । घटनाको अघिल्लो दिन उनीहरूले स्थानीय स्वास्थ्य चौकीबाट कन्डम किनेका थिए ।

१० गते बालिकाका ठुलोबुवाका छोरा निमाले उनलाई टिकटक हेर्न भन्दै योजनाअनुसार नै घरमै लगेर मोबाइल दिन्छन् । सोही मोबाइलमा साथीको मोबाइलबाट फोन गरेर मकैबारीमा बोलाउँछन् ।

‘मकैबारीमा पाँचजना मदिरा पिएर बसेका थिए, बालिका त्यहाँ पुगेपछि सुरुमा उनलाई चुरोट किन्न पठाएको देखिन्छ,’ एसपी कार्की भन्छन्, ‘चुरोट लिएर आएपछि पालैपालो उनीहरूले बलात्कार गरेका हुन् ।’

बालिकाले प्रतिकार गरेपछि हातखुट्टा समाएर बलात्कार गरिएको पक्राउ परेका आरोपीले प्रारम्भिक सोधपुछमा बताएका छन् ।
एसपी कार्कीका अनुसार बलात्कारपछि उनीहरूले घाँटी न्याकेर बेहोस बनाएका थिए । त्यसपछि शव लुकाउन भिरबाट फालिदिए ।

भिरमा केही तल रुखमा शव अल्झिएपछि मृत्यु नभएको हुन सक्ने ठानेर त्यहाँ पुगेर टाउकोमा ठुलो ढुंगाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । बालिकाको घरबाट करिब पाँच सय मिटरको दूरीमा रहेको मकैबारीमा यस्तो घटना भएको हो ।

घटनाको भोलिपल्ट बिहान ९:३० मा जंगलमा च्याउ टिप्न गएका स्थानीयले भिरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । एसपी कार्की आफैँ घटनास्थल पुगेर अनुसन्धान सुरु गरेका थिए ।
अनुहारसमेत नचिन्ने गरी बालिकाको टाउको फुटाइएको थियो ।

घटना शंकास्पद लागेपछि प्रहरीले काठमाडौंबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान अघि बढाएको थियो ।
कुकुरको सहयोगमा एकैदिन घटनामा संलग्नहरूको पहिचान गर्न प्रहरी सफल भएको हो ।

स्थानीयहरूसँग सोधपुछ गर्ने क्रममा केही स्थानीय युवामाथि प्रहरीले निगरानी बढाएको थियो । तालिमप्राप्त कुकुरले पनि ती युवालाई नै संकेत गर्‍यो ।

सोही आधारमा प्रहरीले ११ गते नै तीनजनालाई पक्राउ गरेको हो । अन्य दुईजनालाई १२ गते पक्राउ गरिएको एसपी कार्कीले बताए । पक्राउ परेकाहरूले अभियोग स्वीकार गरेका छन् ।

सात कक्षामा अध्ययनरत ती बालिकाकी आमा इराकमा छिन् । बुवा पनि वैदेशिक रोजगारमा बसेकोमा दुई महिनाअघि नेपाल आएका थिए । घटना भएको दिन बुवा पनि ससुराली गएका थिए ।

उनी घरमा दिदी र भिनाजुसँग बस्दै आएकी थिइन् । बिहेपछि पनि उनकी दिदी भिनाजुसहित माइतीघरमै बस्दै आएकी थिइन् ।

प्रहरी अनुसंधानमा बालिकाले राम्रो अभिबाकत्व नपाएपछी हत्याराहरुले यस्तो योजना बनाएको खुलेको छ। घटनामा संलग्नलाई सात दिनको म्याद थपेर कानुनी कारबाही अगाडि बढाईएको छ।

कुर्‍र हत्या, बलात्कार, वायुयान अपहरन , जबर्जस्ती करणी गरि भिरबाट फाल्नु , टाउको क्षतविक्षत हुने गरि हत्या गर्नु खाने कुरामा विष सेवन गर्नु जस्ता आदि  कार्य गर्ने जो कोहिलाई आजिबन जेल सजाय हुने २०७२ को संविधानमा उल्लेख छ। असार १४