के बाजुराका प्रशान्तको सपना पूरा होला
साउन ५

काठमान्डौ -हाल चलिरहेको The voice of kids मा आफ्नो सुन्दर प्रस्तुति दिएर अगाडि बढिरहेका प्रसान्त सुनार अहिले ब्याटल राउन्ड पार गरि लाइभ राउन्ड मा पुगेका छ्न्न।
बाजुरा बुढिनन्दा नगरपालिका वडा .न.२ का प्रशान्त सुनारको बाल्यकाल देखि नै स्वर निकै राम्रो भएपछि गाउँ घरभरी चर्चा हुने गर्थ्यो।
सानै देखि आफ्ना ठुला बुवा का छोराहरु दाइ बसन्त सुनार र उनका अर्का दाइ धर्मेन्द्र सुनार बाट गायन सिकेका प्रसान्तले The voice kids जितेर आफ्नो घर बनाउने सपना राखेको बताउँछन।
यो शुक्रबार सम्म उनलाई डेश बिदेशबाट भोट गर्न सकिन्व छ । भोट गर्न खल्ती एप प्रयोग गर्नु पर्ने छ। २५ जनासंग प्रतिस्पर्धा गरिरहेका प्रशान्तको किड्स भोईसको अन्तिम नतिजा भने साउनको २४ /२५ तिर हुने छ।
उनका बुबा आमा ज्याला मजदुरि गर्छन छानो टिनको छाप्रोभएको उनको घर बर्खा र हिउद को समय मा धेरै गाह्रो हुन्छ।
बुवा चन्द्र बहादुर सुनार र आमा मनु सुनार को कोख बाट प्रसान्त सुनार को जन्म भएको हो।
उनका बुवाले पनि बाल्यकालमै बुवा आमा गुमाउनु परेको थियो। र उनलाई उनका माइला बुवा र दाजु जित बहादुर सुनार र भाउजू कल्पना सुनार ले पनि साथ दिनुभएको थियो।

