जुम्ला तिलामा वाईसीएलबाट सिल्चौरमा काठे पुल पुनर्निर्माण
साउन ९
काठमान्डौ – वाइसिएल नेपाल जुम्लाले श्रम तथा उत्पादनमा केन्द्रित दुई महिने अभियान अन्तरगत तिला गाउँपालिका–६ र ९ को सिमानामा रहेको सिल्चौर काठे पुल पुनर्निर्माण सम्पन्न गरेको छ।
गत ७ र ८ गते दुई दिनसम्म सञ्चालन गरिएको श्रमदान कार्यक्रममा १०० जना वाइसिएल युवाहरु सक्रिय रुपमा सहभागी भई भत्किएको काठे पुललाई पूर्णरूपमा पुनर्निर्माण गरेका हुन्।
सिल्चौर काठे पुल भत्किएपछि दैनिक दुई–तीन सय स्थानीयवासीलाई आवतजावत, किनमेल, विद्यालय जाने बिद्यार्थी, घाँस–दाउरा तथा मेलापातमा समस्या हुँदै आएको थियो। यस कठिनाइलाई मध्यनजर गर्दै वाइसिएल नेपाल जुम्लाले आफ्नो सक्रिय पहलकदमीमा स्थानिय युवाहरूसँग सहकार्य गरी पुल पुनर्निर्माण सम्पन्न गरेको हो।
यस सफल अभियानमा साथ, सहयोग र ऐक्यबद्धताप्रती जुम्ला वाइसिएल तिला–६ का वाइसिएल नेपाल, नेकपा (माओवादी केन्द्र तथा स्थानीय बासिन्दा र युवालाई वाइसिएल नेपाल केन्द्रले हार्दिक धन्यवाद समेत गरेको छ।
यस्तै वाईसीएल नेपालले श्रम, उत्पादन र सेवा भावलाई आगामी दिनमा पनि निरन्तर अघि बढाउँदै जाने वाईसीएल अध्यक्ष पुस्प ओलीले दृढ प्रतिबद्धता व्यक्त गरेको छ।

