कृषकको पीडामाथि सरकारको लाचारी कालाबजारीविरुद्ध वाईसीएल नेपालको कडा विरोध
साउन ११
काठमान्डौ – वाइसीएल नेपालले कृषकहरूको गम्भीर समस्यालाई लिएर आज काठमाण्डौको कुलेश्वरस्थित रासायनिक मल केन्द्रीय भण्डारण केन्द्रमा विरोध प्रदर्शन गर्दै ध्यानाकर्षण ज्ञापनपत्र बुझाएको छ।
देशभरका जिल्ला प्रशासन कार्यालयहरूमा समेत सोही ज्ञापनपत्र बुझाउने कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
देशभरका लाखौं किसानहरू अहिले समयमै रासायनिक मल नपाएर पीडित छन्।
मध्य वर्षा याममा समेत मलको चरम अभाव रहेको छ, जसले उनीहरूलाई खेती गर्नबाट वञ्चित छन । पटक–पटक सरकारले दिएको आश्वासन केवल खोक्रो नारा सावित भएको वाईसीएलको तर्क छ।
यस लाचारीपूर्ण स्थितिले राष्ट्रिय खाद्य सुरक्षामाथि गम्भीर खतरा उत्पन्न गराएको छ। वाईसीएल नेपालले गम्भीर चिन्ता व्यक्त गर्दै
“यो अवस्था योजना अनुसार सिर्जना गरिएको हो, जसमा दलाल, विचौलिया र भ्रष्ट तन्त्रको संलग्नता स्पष्ट छ।
“सरकारको उदासीनता, असमान वितरण र कालाबजारीको संरक्षित गिरोहका कारण कृषकहरू पीडित छन्।
वाईसीएल नेपालले सरकारलाई निम्न मागहरू प्रस्तुत गरेको छ:
– देशभर रासायनिक मलको आपूर्ति तुरुन्त सुनिश्चित गरियोस्।
-वितरण प्रणाली पारदर्शी, न्यायोचित र दलाल मुक्त बनाइयोस्।
-कालाबजारीमा संलग्नहरूलाई कारबाही गरी सार्वजनिक गरियोस्।–दीर्घकालीन समाधानको -लागि राष्ट्रिय उत्पादन प्रणाली विकास गरियोस्।
‘उत्पादनमै वाईसीएल अभियान अन्तर्गत वाईसीएल नेपालले किसानका हकहितका लागि सधैं अगाडि बढिरहने प्रतिबद्धता व्यक्त गरेको छ।
हामी चेतावनी दिन चाहन्छौं — वाईसिएल नेपाल केन्द्रीय अध्यक्ष पुष्प ओलीले यदि सरकारले गम्भीरता नदेखाए देशभर चरणबद्ध आन्दोलनहरू अघि बढाइनेछ भन्दै कडा विरोध प्रदर्शन गर्ने जानकारी गराउनु भएको छ।

