फेरि महान क्रान्ति युद्द गर्ने सोचमा छु प्रचण्ड
काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब फेरि एक पटक महान क्रान्ति गर्ने बताएका छन। उनले जनयुद्ध जस्तो हुने वा नहुने कस्तो क्रान्ति भने खुलाएका छैनन ।
उनले विद्रोहद्वारा प्रतिक्रियावादीहरुलाई परास्त गर्नुपर्छ भन्ने संकल्पसहित हामी हिँडिराखेको समेत बताएका हुन।
मलाई त जनयुद्धको तयारी, जनयुद्ध, शान्ति सम्झौता, संविधान सभा हुँदै यहाँसम्म अझै पनि जिवित रहन सकेको र नेतृत्वमा पनि भइराखेको कारणले पनि एकचोटि फेरि क्रान्ति गर्ने मन छ उनले भनेका छन।
माओवादी केन्द्र भित्र पार्टी फुटको हल्ला चलेकै बेला अध्यक्ष प्रचण्डले क्रान्तिका कुरा गरे पछि सबैले महतोकासाथ हरेको देखिन्छ।
पार्टीका नेता पुर्व गृह उर्जा तथा अर्थ मन्त्री समेत रहेका जनार्दन शर्मा प्रभाकर र अध्यक्ष प्रचण्डको बिच खट पट भएको समेत चर्चा बाहिरीएको छ।
प्रचण्डले जनार्दनलाई पार्टी छोडेर गए हुन्छ भनेर समेत बोलेका छन। देश र जन्ताको लागि संघीयतागणतन्त्र लोकतन्त्र जस्ता उपल्ब्धी जनयुद्धले प्राप्त गरेका छन।
तर विपक्षी दल राजावादिले मोओबादी केन्द्रलाई एक्लो बनाएर पेलेकै बेला जनार्दनलाई प्रचण्ड नेतृत्व नसहनु किन भन्ने समेत प्रश्न चिन्ह खडा हुने गरेको छ।
जनयुद्धका केही नेताहरु प्रचण्डलाई छोडेर गैसकेका छन। विभिन्न स्वार्थका लागि हिडेका नेता कार्यक्रतालाई प्रचण्डले आफै टाढा बनाईदिने गरेका छन।
वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ , देव गुरुङ , पम्फा भुसाल , वर्षमान पुन , नन्दकिशोर पुन , सुदन किराँती लगायतका थुप्रै नेतालाई प्रचण्ड ठिक हुने तर जनार्दनलाई नै किन प्रचण्ड ठिक लागेनन त भन्ने भने पार्टीको आधिकारिक धारणा आउन बाकी छ। साउन १८

