Gold
Bangad salyan

रवि बालेन विरुद्द बोलेको भन्दै युवा पक्राउ

चैत २९

काठमान्डौ – प्रधानमन्त्री बालेन्द्र शाहलगायतका नेताहरुलाई गालि गरेको भन्दै एक जना युवा पक्राउ परेका छन्।
नेताहरूमाथि अपमानजनक शब्दहरू प्रयोग गरेर समाजिक सञ्जालमा भिडिओहरू बनाएपछि फाल्गुनन्द गाउँपालिका-७ का सामाजिक सञ्जालमा भिडिओ बनाउने युटयुबर रोशन पोखरेल पक्राउ परेका हुन्।

उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार गत चैत २६ पक्राउ गरेको जनाएको छ।

उनलाई साइबरअपराध सम्बन्धी कसूरमा जिल्ला अदालत पाँचथरबाट शुक्रबार नै १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका इन्स्पेक्टर रामचन्द्र शाहले जानकारी दिए।

उनका अनुसार रोशनले फेसबुक, इस्टाग्राम र ‘hades’ नामको युट्युब च्यानलबाट आपत्तिजनक शब्दहरू बनाएर भिडिओ बनाएका छन्। उनले भिडियोमा रवि बालेन लगायतका नेताहरुले गरेको कार्यशैलीलाई प्रश्न गर्दै भिडियो बनाएको देखिन्छ।