Gold
Bangad salyan

केपि ओली फेरि पनि अध्यक्ष हुने दाउमा तर इश्वर पोख्रेलपनि मैदानमा

काठमान्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि पनि अध्यक्ष पदमा ह्याटि्रक मार्ने दाउ गरेका छन। उनले तेस्रो कार्यकाल पनि अध्यक्ष पदका लागि भिड्ने भएका हुन। उनले चुनाव लड्ने पक्का पक्की गरिसकेका छन।
११औँ महाधिवेशनअन्तर्गत बन्दसत्र हलमा केन्द्रीय निर्वाचन आयोगमा सोमबार दिउँसो ओलीले उम्मेदवारी दर्ता गराएका हुन् ।

 २०७१ साल असारमा भएको नवौँ महाधिवेशनमा तत्कालीन महासचिव माधवकुमार नेपाललाई झिनो मतले हराएका ओली त्यसयता निरन्तर अध्यक्ष नै छन् ।

भदौ २३ र २४ गते भएको जेनजी विद्रोहबाट सत्ताच्युत भएका ओलीले पार्टीभित्र नेतृत्व हस्तान्तरणको बहस पेचिलो हुँदै गएपछि नियमित महाधिवेशनलाई एक वर्षअगाडि नै सारेका हुन् ।

अघिल्लो महाधिवेशनमा सर्वसम्मत हुनबाट पूर्व उपाध्यक्ष डा. भीम रावलले रोकेका थिए । यसपटक वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिएका छन् । दुवै पक्षले प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । पुस १