मलाई चुनावमा जिताउनुस घर घरमा ग्यास ल्याउने वाचा भो : ओली
माघ २३

काठमान्डौ – नेकपा एमालेका अध्यक्ष केपी ओलीले यो चुनावमा जिते घर घरमा ग्यास पाईप ल्याईदिने बताएका छन्। एक कार्यक्रममा बोल्दै गर्दै उनले दैलेखमा ग्यास उत्खनन भएको र अब सबैको घरघरमा ग्यासको पाईप उपलब्ध गराइने बताएका हुन्।
उनले आफु सरकारमा भएको बेला पनि जनतासामु घर घरमा ग्यास र कोहि नेपाली भोकै नमर्ने प्रतिवादत्ता गरेका थिए। उनले बेनी कुस्मा रेल स्टेसन भनेर बोलेको कुरा निकै भाईरल समेत भएको थियो। गत भदौ २३,२४ गतेको जेंजी आन्दोलन भएपछि ओलीले सत्ता छोडेका थिए।
यहि फागुन २१ गते प्रतिनिधिसभाको चुनाव हुदै छ। ओलीले जित्दै आईरहेको झापा ५ मा अहिले काठमान्डौमा मेयर बालेनले उमेद्वारी दिएका छन्। सबैले ओली र बालेनको रोचक प्रतिस्प्रधा हुने जनाएका छन्।

