जुम्लाको एक मतदान केन्द्रमा सबै कर्मचारी महिला मात्र खटाईयो
फाल्गुन १३
जुम्ला – फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि जुम्लाको एक मतदान केन्द्रमा सबै कर्मचारी महिला मात्र खटाईएको छ।
जिल्ला सदरमुकाम खलङ्गामा रहेको चन्दननाथ मावि मतदान केन्द्रमा सबै कर्मचारी महिला मात्र खटाईएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ।यहि २१ गते आसन्न प्रतिनिधिसभा सदस्यको लागि देश भरका १६५ क्षेत्रमा मतदान हुँदै छ।
जिल्लामा पुरुष र महिला गरी जम्मा मतदाता ७१ हजार ७३९ जना रहेका छन् । ६५४ जना कर्मचारी निर्वाचनमा खटिएका छन् ।
प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी र एक कार्यालय सहयोगी कर्मचारी रहने छन् ।

