गायक कमल विके निर्मोहीको निधन
फागुन १३
काठमान्डौ – लोकप्रिय गायक तथा संचारकर्मी कमल वि के निर्मोहीको निधन भएको छ। उनि लामो समयदेखि मृगौला रोगबाट पिडित थिए। उपचार गरिरहेका उनि शनिबार एक्कासी बेहोस भएपछि भेरी अस्पताल नेपालगंजमा भर्ना गरिएको थियो।
स्वास्थ्यमा सुधार नआएपछि उनलाई हिजो भेण्टिलेटरमा राखीएको थियो। भेरी अस्पतालले उनलाई हिजो मृतक घोषणा गरेको छ। गायल कमल विके निर्मोहीको मृत्युले सम्पूर्ण कलाकर्मीलाई दुखित बनाएको छ। बजारमा सयौ गित उनका चर्चामा छन्।
पोखरामा क्या राम्रो फेवा ताल , त्यो मादी खोलाले छेकेर होइन ,निरमाया ,राप्तीको झरना लाग्यो माया मोहनी नजरमा ,भेटौला रानी बनमा , थुप्रै गित गित बजारमा बजिरहेका छन्।उनको सिर्जनशील कलाको माध्यमबाट राष्ट्रको पहिचान राष्ट्रियस्तरदेखि अन्तर्राष्ट्रियस्तरसम्म कायम राख्न अतुलनीय योगदान छ।उनले दर्जनौ स्वदेश गान पनि गाएका छन् ,लोक पप आधुनिक गित पनि गाएका छन्।उनले रेडियो बागेश्वरी पनि चलाउने गरेका थिए ।
गायक कमल विके निर्मोही र गायिका कोमल ओलीको जोडी निकै चर्चित थियो। उनीहरुको जोडी नपुगे सम्म विभिन्न जिल्लामा मेक्ला महोत्सव नै हुने गर्दैनथियो।

