Gold
Bangad salyan

ओली भन्दा बालेन २५ हजार मतले अघि

झापा – झापा प्रतिनिधि सभा निर्वाचन २०८२ क्षेत्र ५ मा रास्वपाका बालेन्द्र शाह निकटतम प्रतिद्वन्दी एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पछि पार्दै भारि अग्रता कायम गरेका छन्।

बालेनले अहिले सम्म ३४,८६३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी केपी शर्मा ओलीले ९,०६८ मत मात्र प्राप्त गरेका छन्। शाह एमाले अध्यक्ष ओलीभन्दा २५,७९५ को विशाल मतान्तरले अगाडि देखिएका छन्।

त्यस्तै, तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ्ग रहेका छन्। उनले ५,६४५ मत प्राप्त गरेका छन्। फागुन २३