जिल्ला अस्पताल सल्यानमा डाक्टर नहुँदा सल्यक्रिया रोकियो
स्सल्यान – जिल्ला अस्पताल सल्यानमा चिकित्सकको अभाव हुँदा सल्यक्रिया रोकीएको छ। जिल्लामा गर्भवती सुत्केरी महिलाहरुलाई सेवा दिदै आएपनि एमडीजीपी डाक्टर अभावका कारण चैत्र २८ गतेदेखि सेवा पूर्ण रूपमा बन्द भएको छ । जिल्ला अस्पतालमा सेवा बन्द भएपछि सल्यक्रियाका लागि आएका बिरामीहरू दाङ, सुर्खेत र नेपालगञ्ज जान बाध्य छन् ।
न्यून शुल्कमा जिल्लामै उपचार पाउँदै आएका स्थानीयहरू अहिले बाहिर जानुपर्दा आर्थिक भारसमेत थपिएको छ । जटिल अवस्थामा रहेका गर्भवती महिलाहरूका लागि भने यो अवस्था अझ जोखिमपूर्ण बनेको छ ।
गर्भवती ल्याएर अस्पतालमा आएकाहरु डाक्टर नहुँदा चिन्तित छन्। डाक्टर अभावले जिल्ला अस्पताल अप्रेसन सेवा नै बन्द रहेको खुलेको छ। अस्पतालमा महिनामा एक सय भन्दा बढी महिला सुत्केरी हुने गर्छन।
हाल सम्म सुत्केरी सेवा मात्र संचालमा छ सल्यक्रिया गर्नु पर्दा बिरामी बोकेर कहा कता जाने भन्ने जनतालाई पिर छ। स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख अर्जुनकुमार बुढामगरका अनुसार एमडीजीपी चिकित्सकको अभावबारे संघ र प्रदेश सरकारलाई तत्कालै जानकारी गराएर माग गरिएको भए पनि अहिलेसम्म व्यवस्थापन हुन सकेको छैन । अहिले सामान्य सुत्केरी सेवा मात्र सञ्चालनमा छ। जटिल अवस्था भएका तथा मिति नाघेका गर्भवतीहरूलाई जिल्ला बाहिर रेफर गर्दै आएको उनको भनाई छ। वैशाख ४

