Gold
Bangad salyan

प्रधानमन्त्री बालेनलाई खबरदार कच्चा र अमर्यादित खेल स्वीकार्य छैन

काठमान्डौ – प्रधानमन्त्री बालेनलाई खबरदार कच्चा र अमर्यादित खेल स्वीकार्य नहुने जेन्जी मुभमेन्ट नेपालले जनाएको छ। प्रधानमन्त्री बालेनले हचुवाको भरमा मन्त्री नियुक्त गर्ने र हटाउने अमर्यादित खेल गरेको भन्दै जेन्जी मुभमेन्टले खबरदार समेत गरेको छ। जेन्जी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले प्रेस वक्तव्य मार्फत भनेका छन् ,क्याबिनेटमा कसैलाई लैजाने र ल्याउने भन्ने गम्भीर राजनीतिक र न्नैतिक निर्णय हो।

हचुवाको भरमा मन्त्री नियुक्त गर्ने हटाउने र कच्चा र अमर्यादित खेल स्वीकार्य छैन। यो कुनै साधारण सरकार होइन ७६ जनाको बलिदानले बनेको सरकार हो। जिम्मेवार नेतृत्वले परिपक्वता दुरदर्शिता र जवाफदेहिता देखौअनु होला। दोषी जो भएपनि कानुनि कठघरामा उभ्याउनु पर्छ।

पद शक्ति वा राजनीतिक दबाबमुक्त हुनुपर्ने पनि नेपालले जनाएको छ। यस्तै प्रधानमन्त्री बालेनले प्रधानमन्त्रीमा नियुक्त भएदेखि हाल सम्म देश र जनताको नाममा सम्बोधन नगरेको भन्दै चौतर्फी विरोध समेत भएको थियो। उनले सम्बोधन नगरेर नै संसद अधिवेशन बन्द भैसकेको छ। वैशाख ७