आज मनोहरा सुकुम्बासी क्षेत्रका घर टहरा भत्काईने
काठमान्डौ – मनोहरा सुकुम्बासी क्षेत्रको घर,टहरा आइतबार भत्काइने भएको छ। उक्त क्षेत्रम अबिहानै देखि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। बिहानै देखि मानिसहरुले आफना सामानहरु ओसार पसार गरिरहेका छन्। महोहरामा ९ बजेदेखि तयारि अवस्थामा रहन भनिएको छ भने १० वटा डोजर पठाईदै छ।
शनिबार थापाथली र सिनामंगल क्षेत्रको सुकुम्बासी बस्तीका संरचना भत्काएपछि मनोहराको वस्ती पनि भत्काउका लागि सुरूमा प्रहरी पुगेको थियो। तर स्थानीयले अवरोध गरेपछि रात पनि परिसकेका कारण प्रहरी टोली फर्किएको थियो।आज जुनसुकै हालतमा पनि त्यहाँका संरचनाहरू भत्काइने महानगर प्रहरी बलका इन्स्पेक्टर इश्वर वाग्लेले बताए। वैशाख १३

